पूर्व गृहमन्त्री एवम् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षा भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण भएकाले आवश्यक भए सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् ।
बुभवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले आफूले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरूदेखि नै नलिएको बताउँदै चुनाव अघि सुरक्षा कारण देखाउँदै राज्यको सुरक्षा संयन्त्रले सुरक्षाकर्मी राख्न आग्रह गरेपछि राखेको बताएका छन् ।
उनले भनेका छन्,'मैले पुर्व गृहमन्त्रीले लिनेगरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईन। शसस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ। तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो। थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन। मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन। राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।'
मैले पुर्व गृहमन्त्रीले लिनेगरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईन।शसस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।+
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020