१६ असार २०८३, मंगलबार

सामाजिक दूरी हटाउँदा कोरोनाभाइरसको संक्रमणमा वृद्धि, दुई वर्षसम्म यस्तै स्थिति रहने

बैशाख ३१, २०७७
सामाजिक दूरी हटाउँदा कोरोनाभाइरसको संक्रमणमा वृद्धि, दुई वर्षसम्म यस्तै स्थिति रहने

ताजा अध्ययनहरूले कोरोनाभाइरस महाव्याधि लामो समयसम्म कायम रहने संकेत दिएका छन् । 

अनुसन्धाताहरूले संसारभरि एक चरणको सामाजिक दूरीले नपुग्ने बताएका छन् । आगामी दुई वर्षका लागि सुरक्षाको प्रबन्ध गर्नुपर्ने हुन्छ । 

संक्रमणको भविष्य भौगोलिक स्थिति, मौसम, रोकथाम नीति, सामाजिक दूरी र हर्ड इम्युनिटी लगायतका फरक फरक कुरामा निर्भर रहने विज्ञहरूको अनुमान छ । त्यसैले निकट भविष्यमा संक्रमितहरूको संख्या घट्यो भन्दैमा ढुक्कले बस्न सकिने स्थिति हुँदैन । पछि पनि संक्रमण घरिघरि आउनेछ अनि अहिलेको भन्दा बढी संख्यामा संक्रमण देखिन सक्छ । 

अमेरिकाको हार्वर्ड विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका महाव्याधि विशेषज्ञ डा मार्क लिपसिचका अनुसार, निकट भविष्यमा संक्रमण रोकिन मुश्किल छ । 

मिनेसोटा विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा भएमा छुट्टाछुट्टै अध्ययनमा आगामी महिनाहरूमा महाव्याधिका सम्भावित स्वरूप प्रस्तुत गरिएका छन् । 

सन् २०२२ सम्म संक्रमणको उतारचढाव भइरहने अध्ययनमा लेखिएको छ । 

अहिलेको लहर कमजोर भएपछि जाडो महिनामा संक्रमण फेरि बढ्नेछ । अनि दुई वर्षसम्म यो ससाना लहरहरूमा गरी आइरहनेछ । यसलाई फल पीक मोडकल भनिन्छ । सन् १९१८–१९ मा आएको स्पेनिस फ्लु महामारीमा पनि यही स्थिति देखिएको थियो । 

त्यसैले आगामी दुई वर्षका लागि मानिसहरूले कोभिड–१९ संक्रमणका लागि तयार रहनुपर्ने विशेषज्ञहरूको मत छ । यस क्रममा विभिन्न भौगोलिक क्षेत्रमा हटस्पट आइरहनेछन् । 

हर्ड इम्युनिटी बन्न लामो समय लाग्ने अनि खोप बन्न पनि प्रतीक्षा गर्नुपर्ने भएकाले सामाजिक दूरी नै यसबाट बच्ने उत्तम उपाय भएको विशेषज्ञहरू बताउँछन् । सामाजिक दूरी हटाउनेबित्तिकै संक्रमण बढ्ने उनीहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्