०७ असार २०८३, आइतबार

गुल्मीमा ५ दिनका लागि घरबाहिर निस्कन निषेध

बैशाख ३१, २०७७
गुल्मीमा ५ दिनका लागि घरबाहिर निस्कन निषेध

गुल्मी जिल्लामा ५ दिन मान्छेको आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ ।

बिहीवार गुल्मी जिल्ला प्रशासन कार्यालय तम्घासले अत्यन्त जरुरी सूचना जारी गर्दै जेठ १ गते बिहान ६ बजेदेखि ५ गते मध्यरातसम्म मानिसहरूको सम्पूर्ण आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरको हो ।

बिहीवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला समिति गुल्मीको बैठकले ५ दिन गुल्मी जिल्ला पूरै सील गर्ने निर्णय गरेको हो ।

यद्यपी एम्बुलेन्स, शववाहन, मृत्युसंस्कार, विद्युत संचार खानेपानी औषधि र इन्धन बोकेका सवारी साधनहरू भने चल्न सक्नेछन् ।

सर्वसाधारणलाई बिरामी नभएको अवस्थामा बाहेक घरबाहिर निस्कन पूर्ण रूपमा बन्देज लगाइएको छ ।

प्रशासनको आदेश उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने उक्त सूचनामा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्