१७ असार २०८३, बुधबार

कोरोना संक्रमितले थुक्दा रेलवे कर्मचारीको मृत्यु

बैशाख ३१, २०७७
कोरोना संक्रमितले थुक्दा रेलवे कर्मचारीको मृत्यु

बेलायतको सेन्ट्रल लन्डनस्थित भिक्टोरिया स्टेसनमा काम गर्ने रेलवे कर्मचारी बेल्ली मुजिंगालाई एक यात्रुले थुकेपछि मृत्यु भएको छ । 

गत मार्च २२ मा बिहानीपख एक पुरुषले मुजिंगालाई थुकेको अनि खोकेको स्वीकार गरे । मुजिंगा र उनका सहकर्मीमाथि ती व्यक्तिले थुकेका थिए । घटनाको केही दिनपछि दुवै महिलालाई कोरोनाभाइरस लाग्यो । 

मुजिंगालाई बार्नेट जनरल हस्पिटलमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो तर अप्रिल ५ मा उनको मृत्यु भयो । उनकी भतिजी एग्निस र एक सहकर्मीले उक्त घटना देखेका थिए । उनीहरूका अनुसार, मुजिंगाले पीपीई नलगाइकन टिकट अफिसमा काम गर्न नगराउन अनुरोध गरेकी थिइन् । 

मुजिंगाको रोजगारदाता गोभिया टेम्सलिंकलाई उनको श्वासप्रश्वास समस्याको जानकारी रहेको तर उनलाई भीडभाड हुने ठाउँमा यात्रुहरूसँग अन्तर्क्रिया गर्न बाध्य बनाइएको भतिजी र सहकर्मीको आरोप छ । थुक लागेपछि आत्तिएर काँपेकी मुजिंगालाई जबर्जस्ती काममा लगाइएको उनीहरूले बताए । 

गोभियाकी प्रवक्ताले घटना हुँदाको समयमा सरकारी सल्लाहबमोजिम कर्मचारीलाई पीपीई लगाउन अनिवार्य नरहेको बताइन् ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्