
कपिलवस्तुमा तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा कपिलवस्तुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा तीमध्ये तीन जना सुरक्षाकर्मी भएको खुलेको हो। बाँकी पाँच जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माविको क्वारेन्टाइनमा रहेकाहरु रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
कोरोना पुष्टि भएका सुरक्षाकर्मीमा एक जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन्। उनीहरूको वैशाख २९ गते स्वाब संकलन गरिएको थियो।