१५ असार २०८३, सोमबार

रुपन्देहीमा एउटै परिवारका सात जनामा कोरोना संक्रमण

बैशाख ३१, २०७७
रुपन्देहीमा एउटै परिवारका सात जनामा कोरोना संक्रमण
प्रतिकार्यात्मक तस्वीर।

रूपन्देहीमा बुुधबार साँझ फेला परेका १२ मध्ये ७ जना कोरोना संक्रमित एउटै परिवारका रहेको खुुलेको छ। तीमध्ये १० जना गैडहवा गाउँपालिकाका रहेकामा ७ जना एउटै परिवारका हुन्।

उनीहरू सबै लुुकिछिपी भारतको मुुम्बईबाट आएका थिए। बाँकीको ठेगाना खुल्न नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। १२ जना यसअघि नै भैरहवास्थित भीम अस्पतालको आइसोलेनसमा भर्ना भएका थिए।

गाउँपालिकाबाट पछिल्लो समय ४० जनाको स्वाब संकलन गरेर पठाइएकोमा  १० जनाको रिपोर्ट पोजेटिभि आएको गाउँपालिकाका अध्यक्ष बच्चुुलाल केवटले जानकारी दिए। नेपाल प्रवेश गरेर आउन साथ क्वारेन्टाईनमा राखिएको थियो । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ। यस अघि संक्रमित पनि भारतबाटै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्