
नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवारको पछिल्लो अपडेटअनुसार ५ जनामा संक्रमण पुष्टि भएको हो ।
सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालीका र मिथिला नगरपालिका निवासी ४० वर्षीया पुरुष र २० वर्षीया महिला, महोत्तरी, जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुषहरूमा संक्रमण देखिएको हो ।
उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बिहिवार मात्रै काठमाडौंको एक पुरुष र कपिलवस्तुकी एक बालिकामा संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।
