२३ असार २०८३, मंगलबार

चीनको रकेट खस्दा १५ मिनेटको अन्तरले बच्यो न्युयोर्क

जेठ १, २०७७
चीनको रकेट खस्दा १५ मिनेटको अन्तरले बच्यो न्युयोर्क

चीनले अन्तरिक्षमा पठाएको एक रकेट सोमवार धर्तीमा खस्दा त्यसको एक ठूलो टुक्रा आन्ध्र महासागरमा खसेको छ । केही मिनेटअघि मात्र त्यो खसेको भए त्यो न्युयोर्क शहरमै बज्रिने थियो । 

लंग मार्च ५बी रकेट १५ मिनेट अगाडि मात्र वायुमण्डलमा पुनः प्रवेश गरेको भए न्युयोर्क शहरमा रकेटको अवशेष खस्ने थियो । 

चिनियाँ रकेटले परीक्षण गर्ने क्राफ्ट अन्तरिक्षमा मे ५ मा पठाएको थियो । एक हप्तासम्म अन्तरिक्षमा रहेपछि त्यसले काम गर्न सकेन अनि अनियन्त्रित तरिकाले पृथ्वीमा खस्यो । 

बीस टन तौल भएको रकेट वायुमण्डलमा हुर्रिँदै आयो । एक मिनेटमा हजारौं किलोमिटरको गतिमा रकेट आएको थियो । 

वायुमण्डलमा प्रवेश गर्ने क्रममा रकेटको अधिकांश भग्नावशेष ध्वस्त भएको थियो तैपनि बसको आकार जत्रो टुक्रा आन्ध्र महासागरमा खसेको दी इन्डिपेन्डेन्ट पत्रिकाले लेखेको छ । 

अन्तरिक्ष वैज्ञानिकहरूले खसेको त्यो टुक्रो ९३ फीट लामो भएको र २० टन तौल भएको बताए । यति विशाल वस्तु अन्तरिक्षबाट अनियन्त्रित तवरले हुर्रिंदै आएको कैयौं दशकपछिको घटना भएको उनीहरूको भनाइ छ । 

विशाल टुक्रा पश्चिम अफ्रिकाको तटबाट अलि पर आन्ध्र महासागरमा खस्यो भने साना टुक्राहरू आइभोरी कोस्टमा खसे । कसैलाई पनि चोटपटक लागेको खबर छैन ।

salt training

कमेन्ट गर्नुहोस्