३२ असार २०८३, बिहीबार

एकै दिन १० जनामा कोरोना देखिएपछि गैडहवा गाउँपालिका सील, औषधि पसल मात्र खोल्न पाइने

एकै दिन १० जनामा कोरोना देखिएपछि गैडहवा गाउँपालिका सील, औषधि पसल मात्र खोल्न पाइने

एकै दिन १० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि रुपन्देहीको गैडहवा गाउँपालिका सील गरिएको छ। 

गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले शुक्रबार बिहान ६ बजेदेखि लागू हुने गरी स्वास्थ्य संस्था र औषधि पसल बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो। यो निर्णय आगामी जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेछ। यो गाउँपालिकामा बुधबार मात्र १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  

गाउँपालिकामा सवारी आवागमन, व्यवसाय सञ्चालन र आवतजावतमा पूर्णरुपमा रोक लगाइएको पालिकाका अध्यक्ष बच्छुलाल केवटले जानकारी दिए।   

salt training

कमेन्ट गर्नुहोस्