
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ तथा ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्ति
