२२ जेठ २०८३, शुक्रबार

रोजगारी गुमाएका र विदेशबाट फर्किएकालाई देश निर्माणमा परिचालन गरिने

रोजगारी गुमाएका र विदेशबाट फर्किएकालाई देश निर्माणमा परिचालन गरिने

सरकारले बेरोजगारलाई देश निर्माणमा परिचालन गर्ने बताएको छ ।

शुक्रवार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो उल्लेख गरेकी हुन् ।

'स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा गएका फर्कने परिस्थितिले बेरोजगारको संख्या बढ्ने देखिएको छ,' राष्ट्रपति भण्डारीले भनिन्, 'बेरोजगारलाई देश निर्माणका लागि परिचालन गरिने छ ।'

आवश्यकताअनुसार सबै स्थानीय तहमा छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गर्ने र वैदेशिक रोजगारबाट फर्केकालाई उद्यम शुरू गर्न शुरूवाति पूँजी उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षित बेरोजगार युवाहरूलाई शैक्षिक प्रमाणपत्रको आधारमा शुरूवाती पूँजी उपलब्ध गराई शिक्षासँग सम्बन्धित व्यवसाय शुरू गर्न प्रोजेक्ट निर्माणमा उत्प्रेरित गरिने पनि राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्