
सरकारले आगामी ३ वर्षमा काठमाडौं–तराई फास्ट ट्र्याक सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं ताराई द्रूत मार्ग ३ वर्षमा सम्पन्न गरिने बताएकी हुन् ।
यसका लागि यसै आर्थिक वर्षमा जटिल सुरुङ र पुल निर्माण शुरू गरिने उनले बताइन् ।
सरकारले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धार्थ राजमार्ग क्षेत्रमा सुरुङ मार्ग निर्माण प्रारम्भ गरिने पनि राष्ट्रपतिले संसद्मा पेश गरेको नीति कार्यक्रममा उल्लेख छ ।