१३ असार २०८३, शनिबार

कास्कीको रुपामा ट्याक्टर दुर्घटना, ७ जना घाइते

जेठ ३, २०७७
कास्कीको रुपामा ट्याक्टर दुर्घटना, ७ जना घाइते

कास्कीको रुपा गाउँपालिकामा शनिवार ट्याक्टर दुर्घटनामा परी ७ जना घाइते भएका छन् । 

रुपा–५, बेतेनीस्थित देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग१त ४१७२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

घाइते हुनेहरूमा ट्याक्टर चालक मादी ८, भगवतीटार बस्ने वर्ष २२ का लक्ष्मण बिक, पोखरा ३२, राजाकोचौताराकी ३० वर्षीया कोपिला सुनार, वर्ष ४ की जोशिका सुनार, वर्ष ९ का दीपेश सुनार, पोखरा २६, बूढीबजारकी ४९ वर्षीया बुद्धिमाया सुनार, वर्ष ५५ को वीरबहादुर मगर र कैलाली घर भै हाल मादी बस्ने वर्ष १९ को हस्तबहादुर बूढामगर छन् ।

घाइतेहरूको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्याक्टरबाट लडेर मृत्यु

तनहुँको भानु–१, अँधेरीखोलास्थित डुम्रे वेशीसहर सडकखण्डमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा काम गर्ने भानु–१, भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेका छन् । शनिवार दिउँसो १ बजे वेशीसहर सडकखण्डको भन्सारबाट पुर्कोटतर्फ जाँदै गरेको ग १ त ५५०२ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका परियारको उपचारार्थ लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा उपचारक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रण लिई अनुसन्धान थालेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्