×

कास्कीको रुपा गाउँपालिकामा शनिवार ट्याक्टर दुर्घटनामा परी ७ जना घाइते भएका छन् । 

रुपा–५, बेतेनीस्थित देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग१त ४१७२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।


Advertisment

घाइते हुनेहरूमा ट्याक्टर चालक मादी ८, भगवतीटार बस्ने वर्ष २२ का लक्ष्मण बिक, पोखरा ३२, राजाकोचौताराकी ३० वर्षीया कोपिला सुनार, वर्ष ४ की जोशिका सुनार, वर्ष ९ का दीपेश सुनार, पोखरा २६, बूढीबजारकी ४९ वर्षीया बुद्धिमाया सुनार, वर्ष ५५ को वीरबहादुर मगर र कैलाली घर भै हाल मादी बस्ने वर्ष १९ को हस्तबहादुर बूढामगर छन् ।


Advertisment

घाइतेहरूको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्याक्टरबाट लडेर मृत्यु

तनहुँको भानु–१, अँधेरीखोलास्थित डुम्रे वेशीसहर सडकखण्डमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा काम गर्ने भानु–१, भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेका छन् । शनिवार दिउँसो १ बजे वेशीसहर सडकखण्डको भन्सारबाट पुर्कोटतर्फ जाँदै गरेको ग १ त ५५०२ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका परियारको उपचारार्थ लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा उपचारक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रण लिई अनुसन्धान थालेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x