०१ असार २०८३, सोमबार

कास्कीका २ पत्रकारको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

जेठ ३, २०७७
कास्कीका २ पत्रकारको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

कास्कीका २ जना पत्रकारको शनिबार कोभिड–१९ को ‘स्याम्पल टेष्ट’ गरिएको छ । दुवैको रिपोर्ट नेगेटिभ आएको छ । 

लकडाउनमा फिल्ड रिपोर्टिङमा खटिएका पोखरेली पत्रकारमध्ये प्रतिनिधिमूलक ढंगले शनिबार पत्रकार राम गुरुङ र रञ्जन अधिकारीको स्वाब संकलन गरी पीसीआर टेष्ट गरिएको हो । 

मुटु रोगी राम गुरुङ फोटो पत्रकार हुन् भने पत्रकार अधिकारी गृहजिल्ला धादिङबाट १७ दिनअघि पोखरा फर्केका थिए । उनको छाती, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो भएकोले प्रतिनिधिमूलक ढंग हुने गरी टेष्ट गराउन पहल गरिएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।

महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्तिमार्फत दुवै जना पत्रकारको रिपोर्ट नेगेटिभ आएकोले कास्की अहिलेसम्म सुरक्षित छ अर्थात् संक्रमण छैन भन्ने कुरा व्यवहारमै पुष्टि गरेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यो शुभारम्भमात्र हो । यसले वातावरण निर्माण गरिदिएको र यथाशीघ्र फिल्डमा सक्रिय सबै साथीहरुको पिसिआर टेस्ट गराउन महासंघ प्रतिबद्धता ब्यक्त गर्दछ ।’

महासंघ कास्कीको दबाबबीच पनि सीमित श्रोतसाधन, पूर्वाधार र प्रोटोकलका कारण एकैपटक सबैको परीक्षण गर्ने–गराउने अवस्था नरहेको परिस्थिति बुझेर धैर्य रहन अपेक्षा गर्दछौं भनिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ३ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केकोमा नवलपुरका १ पुरुषको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्