
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता . डासमिरकुमार अधिकारीले थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यससँगै मुलुकभर संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार रौतहटको राजपुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुष, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।