२३ जेठ २०८३, शनिबार

९० हजार नाघ्यो अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या, १५ लाख संक्रमित

९० हजार नाघ्यो अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या, १५ लाख संक्रमित

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण अमेरिकामा मृतकको संख्या ९० हजार नाघेको छ । संक्रमितको संख्या १५ लाख भन्दा बढी पुगेको छ । 

आइतवार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या १५ लाख ७ हजार ७ सय ७३ पुगेको छ । अमेरिकामा मात्र मृतकको संख्या ९० हजार १ सय १३ पुगेको छ । ३ लाख ३९ हजार २ सय ३२ जना संक्रमित निको भएका छन् । 

शुरुवाती रुपमा कोरोनालाई ‘चाइना भाइरस’ भन्दै हल्ला टिप्पणी गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका कारण अमेरिकामा १ लाख जनाको मृत्यु हुने चेतावनी दिएका थिए ।

सन् २०१९ को डिसेम्वरमा चीनबाट शुरू भएको कारोनाका कारण विश्वमा ३ लाख १३ हजारकोमृत्यु भइसकेको छ । विश्वभरका वैज्ञानिकहरुले कोरोना भाइरसलाई परास्त गर्ने खोपाको अनुसन्धान गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्