११ साउन २०८३, सोमबार

संघीयता खारेज गरेर कोरोना कोषमा बजेट खर्चन सांसद पौडेलको माग

संघीयता खारेज गरेर कोरोना कोषमा बजेट खर्चन सांसद पौडेलको माग

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अनुत्पादक बन्दै गएको प्रादेशिक संरचना खारेज गरी कोरोना समस्या समाधानका लागि बजेट केन्द्रित गर्न माग गरेकी छिन् ।

आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार संशोधन प्रस्ताव राख्दै सांसद पौडेलले संघीयता खारेज गर्दै तत्काल संविधान संशोधन गर्न माग गरेकी हुन् ।

‘प्रादेशिक संरचना जुन अनुत्पादक छ, ठूलो परिमाणमा धनराशी खारेज भएको छ । संघीयता खारेज गरी कोरोना समस्या समाधानका लागि प्रयोग गर्न तत्काल संघीयता खारेज गर्दै संविधानमा तत्काल संशोधन गर्न माग गर्दछु,’ सांसद पौडेलले भनिन् । 

सरकारका नीति तथा कार्यक्रममाथि आइतवारदेखि संसद्मा छलफल शुरू भएको छ ।

यसअघि शुक्रवार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्