०८ साउन २०८३, शुक्रबार

इजरायलमा चिनियाँ राजदूतको शंकास्पद मृत्यु

जेठ ४, २०७७
इजरायलमा चिनियाँ राजदूतको शंकास्पद मृत्यु

इजरायलमा नयाँ सरकारको शपथग्रहण हुन लागेको बेलामा चिनियाँ राजदूतको शंकास्पद मृत्यु भएको छ । 

राजदूत डु वेईको शव राजधानी तेल अभिभको हर्टजलियास्थित निवासबाट आइतवार बरामद गरिएको हो । 

५८ वर्षीय डु आफ्नै ओछ्यानमा मृत भेटिएका थिए र उनको मृत्युको कारण खुलिसकेको छैन । 

उनलाई गत फेब्रुअरी महिनामा इजरायलको राजदूत बनाइएको थियो । यसअघि उनी युक्रेनमा राजदूत थिए । 

राजदूत डु विवाहित थिए र उनको एक छोरो छ । घटना हुँदा उनको परिवार साथमा नरहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्