
सर्वोच्च अदालतले फलफूल र तरकारीमा विषादी तथा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरेर आयात गर्न आदेश दिएको छ।
अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले भारतलगायत अन्य देशबाट आयात हुने तरकारी र फलफूलमा विषादी तथा कोरोनाको समेत उपलब्ध भएसम्म परीक्षण सुविधा गरी आयात गर्न भनेको हो।
अदालतले आन्तरिक रूपमै उत्पादन भएका फलफूल तथा तरकारीमा पनि विषादी तथा कोरोनाको समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरणको व्यवस्था गर्न भनेको छ।
अधिवक्ता मणिराम उपाध्यायसहितले भारतमा कोरोनाको महामारी फैलिएको तर नेपालमा तरकारी र फलफूल निर्वाध रुमपा आयात भएकाले रोक्न अन्तरिम आदेशको माग गरेका थिए।

