०७ असार २०८३, आइतबार

गण्डकी प्रदेशमा कोरोना संक्रमित ४ जना

जेठ ६, २०७७
गण्डकी प्रदेशमा कोरोना संक्रमित ४ जना

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमित हुनेको संख्या ४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह आयोजना गरेको नियमित पत्रकार पत्रकार सम्मेलनमा लमजुङमा पनि कोरोना संक्रमित देखा परेको जनाएको हो । ती संक्रमितको भने पीसीआर परीक्षण पोखरामा नभै काठमाडौंमै गरिएको हो ।

गण्डकी प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले पोखरामा परीक्षण नभएको हुँदा आफूहरुलाई रिपोर्टिङ नभएको बताए । ती व्यक्तिको परीक्षण काठमाडौंमै भएको उनले बताए । उनले यसबारे स्वास्थ्य मन्त्रालयसँग बुझेर ट्रेसिङ गरिने जानकारी दिए । लमजुङ मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको गृहजिल्ला पनि हो । 

गण्डकीमा यसअघि बागलुङका २ महिला र नवलपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । 

बागलुङका २ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । नवलपुरका संक्रमित व्यक्तिको भने भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्