
चीनले कालापानीको सीमा मुद्दा नेपाल र भारत आन्तरिक रहेको बताएको छ।
नियमित पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले ‘कालापानीको मुद्दा नेपाल र भारतको रहेको’ बताएका हुन्। उनले दुई देशले मैत्रीपूर्ण परामर्शबाट विमती हल गर्ने पनि विश्वास व्यक्त गरेका छन्।
भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालले ती लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरिसकेको छ।
नेपाल र भारतबीच सीमा विवादको मुद्दा सतहमा आएका बेला चीनको प्रतिक्रिया आएको हो।
साथै चीाले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।