१२ साउन २०८३, मंगलबार

अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको काम स्वागतयोग्य : उपाध्यक्ष गौतम

अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको काम स्वागतयोग्य : उपाध्यक्ष गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अतिक्रमित भूमिलाई समेटेर देशको नयाँ नक्सा जारी गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले आफूले शुरूदेखि नै नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्न सशक्त विचार र जोडदार माग राख्दै आएको स्मरण गराउँदै यस पटक पनि नयाँ नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफैंले राखेको बताएका छन् । 

वर्तमान सरकारका कामहरू आलोचनायोग्य हुँदाहुँदै पनि नक्सा जारी गर्ने काम भने स्वागतयोग्य भएको उनको भनाइ छ । उनले भनेका छन्, 'वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।'

नक्सा जारी गर्ने पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएको र सरकारबाट पनि त्यही अनुरुप अनुमोदन भएको भन्दै उनले भनेका छन्, 'अनुयायीहरू व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।'

उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सबैले सक्नुपर्ने बताउँदै अतिक्रमित भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्ने कार्य सरकारको राम्रो कदम भएको स्पष्ट पारेका छन् । 

ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार प्रति समस्त नेपाली जनसमुदाय आभारी रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्