वीरगन्ज, १२ वैशाख– पर्साको वीरगन्ज उपमहानगरपालिकामा पर्ने पटेलनगरमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ ।
आगलागीबाट ६ वटा घर जलेर नस्ट भएको जनाइएको छ । यद्यपी क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि वीरगन्ज उपमहानगरपालिकाको दमकल परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनताको प्रयासमा आगो निभाउने प्रयास भइरहेको जनाइएको छ ।