१७ असार २०८३, बुधबार

राप्रपाद्वारा स्थानीय निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक

कात्तिक २०, २०७४
राप्रपाद्वारा स्थानीय निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक

काठमाडौं १३ वैशाख–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचनका लागि पार्टीको चुनावी घोषणा (संकल्प) पत्र सार्वजनिक गरेको छ ।

ललितपुरको हिमालय होटलमा पत्रकार सम्मेलनको आयोजना गरेर राप्रपाले स्थानीय तहको निर्वाचनमा पार्टीको संकल्पपत्र सार्वजनिक गरेको हो । राप्रपाले बैकल्पिक राजनीतिक शक्तिको रुपमा आफूलाई उभ्याउने दावी गरेको छ ।

पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले राप्रपाले उठाएको स्थानीय स्वायत्त शासन प्रणाली स्थानीय तहको रुपमा देखा परेको दावी गरे । पत्रकार सम्मेलनमा राप्रपाका शीर्ष नेताहरु सहभागि छन् ।

salt training

कमेन्ट गर्नुहोस्