२४ असार २०८३, बुधबार

भारतमा माओवादीहरूले तीनवटा ट्रकमा गरे आगजनी

जेठ ७, २०७७
भारतमा माओवादीहरूले तीनवटा ट्रकमा गरे आगजनी

भारतको महाराष्ट्रमा रहेको गढचिरौलीमा माओवादीहरूले सडक निर्माणमा खटिएका तीनवटा ट्रकमा आगो लगाएका छन् । त्यसअघि अहेरी तहसीलमा सडक र पुल निर्माणमा संलग्न गाडीहरूलाई पनि माओवादीहरूले डढाएका थिए । 

प्रहरी अधिकारीहरूले दिएको जानकारी अनुसार, सशस्त्र माओवादीहरूले तीनवटा ट्रकमा आगो लगाएर भागेका थिए । ठेकेदाराहरूलाई पर्याप्त सुरक्षा नपाइएसम्म काम नगर्न प्रहरीले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेर काम अघि बढाउँदा माओवादीले आगजनी गरेका हुन् । 

गढचिरौलीमै आइतवार प्रहरी र नक्सल माओवादीहरूबीच भिडन्त भएको थियो । भिडन्तमा एक सई सहित दुईजना शहीद भएका थिए भने चार जवान घाइते भएका थिए । 

घटना गढचिरौलीको भारमगढस्थित कोपरशी होडरी जंगलमा भएको थियो । खोजी कारवाहीमा गएका जवानहरूमाथि २०० भन्दा बढी नक्सलीहरूले आक्रमण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्