भारतको पश्चिम बंगालमा सामुद्रिक आँधी अम्फान बुधवार पौने ३ बजे प्रवेश गरेको त्यहाँको मौसम विभागले जनाएको छ ।
आँधीको कहर चार घन्टासम्म रहने विभागको भनाइ छ ।
उक्त आँधीले भारत र बंगलादेशमा असर पुर्याउने बताइएको छ ।
बंगलादेशले २० लाखभन्दा बढी मानिसलाई सुरक्षित शिविरहरूमा सारेको छ र राहत तथा उद्धारका लागि सेना तैनाथ गरेको छ ।
भारतको पश्चिम बंगाल र उडिसामा बुधवार बिहानसम्म लगभग साढे चार लाख मानिसलाई जोखिमयुक्त क्षेत्रबाट अन्तै सारिएको छ ।
रेलवे अधिकारीहरूले आँधीको मार्गमा पर्ने ट्रेनहरूको रूट परिवर्तन गरेका छन् ।
मौसम विभागले पश्चिम बंगालको कोलकाता, हूगली, हावडा लगायतका स्थानमा व्यापक क्षति हुने आकलन गरेको छ ।
यो चक्रवातको अधिकतम वायु गति १८० किलोमिटर प्रतिघन्टा छ ।