काठमाडौं १३ वैशाख– उपप्रधानमन्त्री एवँ राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सद्भाव खल्बलिएर देश धार्मिक द्न्दमा फस्न सक्ने खतरा रहेको बताएका छन् । उनले मुलुकको अखण्डतामाथि समेत प्रश्न चिन्ह खडा भएको बताए ।
स्थानीय तहको नर्वाचनका लागि बुधवार राजधानीमा पार्टीको घोषणापत्र सार्वजनिकगर्दै अध्यक्ष थापाले मुलुकमा बाह्य शक्तिको चलखेल र प्रभाव बढेर गएको एउटा सातो तप्का देश विखण्डनको अभियानमा लागेको बताएका हुन् ।
उनले प्रमुख भनिएका राजनीतिक दल देशको समस्या समाधान गर्न नसक्ने जिकीर गरे । ‘देश संकटै संकटको चक्रव्यूहमा छ, प्रमूख भन्ने राजनीतिक दलबाट देशलाई चक्रव्यूहबाट मुक्तिको सम्भावना छैन् । आफूलाई प्रमुख भन्ने दल दिशाहीन छन, सिद्धान्तवाट बिचलित छन’ थापाले भने, ‘यो अबस्थामा देशलाई निकाश दिने बैंकल्पिक शक्ति रप्रपा मात्र हो, राप्रपा संगमात्र मुलुकलाई सुस्पष्ट बिचार, अलग पहिचान र राष्ट्र निर्माणको बैकल्पिक मार्गचित्र छ ।’