०१ साउन २०८३, शुक्रबार

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्