२४ जेठ २०८३, आइतबार

लद्दाखमा भारत र चीनले थप सैनिक तैनाथ गरे, युद्धको सम्भावना ?

जेठ ८, २०७७
लद्दाखमा भारत र चीनले थप सैनिक तैनाथ गरे, युद्धको सम्भावना ?

भारतप्रशासित लद्दाखको पांगोङ त्सो ताल र गालवान उपत्यकामा भारत र चीनले थप सैनिकहरू तैनाथ गरेपछि युद्धको आशंका गरिएको छ । विगत दुई हप्तादेखि उनीहरूले उक्त क्षेत्रमा आक्रामक गतिविधि देखाइरहेका छन् । 

भारतका शीर्ष सैन्य अधिकारीहरूले विकसित घटनाक्रमको लगातार निगरानी गरिरहेका छन् भने अमेरिकाले चिनियाँ सैनिकहरूको आक्रामक व्यवहारको आलोचना गरेको छ । 

संवेदनशील इलाकामा तनावग्रस्त स्थितिलाई मत्थर पार्नका लागि प्रयासहरू भने भइरहेका छन् । 

स्रोतहरूका अनुसार, चिनियाँ सैनिकहरूले पांगोङ त्सो नजिकका क्षेत्रमा आफ्नो उपस्थिति बढाएका छन् र तालमा थप डुंगाहरू ल्याएका छन् । 

दुवै पक्षले देमचोक र दौलत बेग ओल्डी लगायतका स्थानमा पनि थप सैनिकहरू ल्याएका छन्, स्रोतहरूले बताए । 

गालवान वरपरको क्षेत्र यी दुई देशबीच ६० वर्षदेखि नै विवादको केन्द्र हो । सन् १९६२ मा दुवैले यस क्षेत्रलाई बनद गरेका थिए । 

चिनियाँ पक्षले गालवान उपत्यका क्षेत्रमा निकै धेरै टेन्टहरू गाडेको अनि त्यसपछि भारतले उक्त क्षेत्रमा कडा निगरानीका लागि थप सैनिक पठाएको बताइएको छ । 

भारतले गालवान नदी नजिक महत्त्वपूर्ण सडक बनाएको विषयलाई चिनियाँ पक्षले कडा आपत्ति जनाएको स्रोतहरूको भनाइ छ । 

नेपालसँग लिपुलेकको विषयमा सीमा विवाद चलिरहेको बेलामा भारतले चीनसँग पनि आमनेसामने हुनुपरेको छ ।

द टाइम्स अफ इन्डियाबाट
 

salt training

कमेन्ट गर्नुहोस्