
आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक(डीएसपी) भनेर ठगी गर्ने एक जना पक्राउ परेका छन्।
महानगरिय अपराध महाशाखाले तारकेश्वर नगरपालिका ३ का राजकुमार चापागाईलाई पक्राउ गरेको हो।
उनले विभिन्न व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल लगायतमा जागिर लगाइदिने भन्दै एक लाख ८५ हजार रकम ठगेको प्रहरीले जनाएको छ।
उनलाई सम्झना केसी भट्टराईसँग १ लाख २० हजार लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।