२५ जेठ २०८३, सोमबार

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली डीएसपी पक्राउ

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै  ठगी गर्ने नक्कली डीएसपी पक्राउ

आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक(डीएसपी) भनेर ठगी गर्ने एक जना पक्राउ परेका छन्।

महानगरिय अपराध महाशाखाले तारकेश्वर नगरपालिका ३ का  राजकुमार चापागाईलाई पक्राउ गरेको हो।

उनले विभिन्न व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल लगायतमा जागिर लगाइदिने भन्दै एक लाख ८५ हजार रकम ठगेको प्रहरीले जनाएको छ। 
उनलाई सम्झना केसी भट्टराईसँग १ लाख २० हजार लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। 

salt training

कमेन्ट गर्नुहोस्