३१ जेठ २०८३, आइतबार

बलात्कार मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

जेठ ८, २०७७
बलात्कार मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरचौर बस्ने वर्ष ४७ का शेरबहादुर राना भन्ने शेरबहादुर मगरलाई ०७६ वैशाख १६ गते जवर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले १० वर्ष कैद र पीडितलाई पाँच हजार क्षतिपूर्ति भराउने भनी फैसला गरेको थियो।
    
अदालतको फैसलापछि फरार रहेका मगरलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा यही जेठ ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए। 

पक्राउ परेका मगरलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएकामा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्