०१ असार २०८३, सोमबार

राप्रपा युवा संगठनले भन्याे- राष्ट्रिय सुरक्षाका लागि लड्न तयार छाैँ, 'भारतीय दूष्प्रचारको भत्सर्ना'

राप्रपा युवा संगठनले भन्याे- राष्ट्रिय सुरक्षाका लागि लड्न तयार छाैँ, 'भारतीय दूष्प्रचारको भत्सर्ना'

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन युवा संगठनले नेपालको अखण्डताविरुद्धको भारतीय मिडियाले गरेको दूष्प्रचारको भत्सर्ना गरेको जनाएकाे छ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय सुरक्षाको लागि लड्न र प्रतिकार गर्न संगठन सधैँ तयार रहेको र सरकारलाई भारतीयको दबाबमा नझुक्न आग्रह गरेको छ। 

संगठनले भारतीय अतिक्रमणविरुद्ध राष्ट्रियताको पक्षमा लड्न सदा तत्पर रहेको समेत बताएको छ।

संगठनले संकटको बेला स्वास्थ्य सामग्री खरिदमा भएको ढिलासुस्ती, आर्थिक अनियमितता र चलखेलले जनताप्रति सरकार विश्वास गुमेको ठहर समेत गरेको विज्ञप्तिमा उल्लेख छ। राप्रपा युवा संगठनले भाइरसको संक्रमणबाट हुन सक्ने महामारीको क्षतिलाई रोक्न स्वास्थ्य संस्थामा आवश्यक स्वासथ्य उपकरण र सामग्रीको पनि पनि पर्याप्त रूपमा प्रबन्ध गर्न माग गरेको छ। 

त्यस्तै संगठनले सरकारले संसदिय विकास कोष, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सुविधा कटौती गरी राहत कोष वृद्धि गर्न र आवश्यकता अनुसार जनतालाई राहत वितरण गर्न समेत संगठन माग गरेको छ।

सरकारले भारतद्वारा विगत ६ दशकदेखि अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भुभागलाई समेटेर नयाँ राजनीति र प्रशासनिक नक्सा जारी गरेकोप्रति  संगठन स्वागत समेत गरेको विज्ञप्तिमार्फत् जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्