
नेपालमा थप ३० जनामा कारोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर ६ केशरबाघका ७४ वर्षीय पुरुष, ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ का ३३ र ३५ वर्षीय पुरुष, १५ वर्षीया महिला, कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४७, ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४, रामनगर वहुअर्वा गाउँपालिका ७का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३७, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पाइएको हो ।
उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
