
हामीले आफ्नो स्वास्थ्यको ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ । झन् महिलाले गर्भवती हुँदा त स्वास्थ्यको धेरै ख्याल राख्नुपर्छ किनकि आफ्नो अलावा बच्चाको पनि ध्यान दिनुपर्छ ।
यहाँ हामी गर्भवती अवस्थामा सही तरिकाले कसरी सुत्ने विषयमा चर्चा गर्नेछौं ।

यो तस्वीरमा देखाएजस्तो गरी सुत्नुपर्छ । माथिको पोजिसन सही हो भने तलको गलत ।
देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । अनि गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको
बीचमा एउटा सिरानी राख्नुस् ।
ढाडमा पल्टेर नसुत्नुस् । उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ । यो
पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ । यसले गर्दा घुर्न पनि सकिन्छ । त्यसैले पटक्कै उत्तानो नसुत्नुस् ।
अनि राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस् । कफी जस्ता कुरा त पटक्कै नपिउनुस् । सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस् । यसले गर्दा राम्रो निद्रा पाउनुुहुन्छ ।
एजेन्सी