२३ असार २०८३, मंगलबार

२१ जना एकसाथ कोरोना जितेर घर फर्किँदै

जेठ ९, २०७७
२१ जना एकसाथ कोरोना जितेर घर फर्किँदै

प्रदेश नम्बर पाँचको बाँकेबाट एकसाथ शुक्रवार कोभिड–१९ (कोरोना भाइरस) लाई जितेर घर फकिँदै छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २१ जना घर फर्किन लागेका हुन् ।

निको हुनेमध्ये ११ देखि ६० वर्ष उमेर समूहका छन् । उनीहरू वैशाख १९, २१ र २३ गते संक्रमण पुष्टि भएर अस्पतालमा आएका हुन् । सो अस्पतालमा अझै ७ जना उपचाररत छन् । उनीहरु सबै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ र ८ नम्बर वडाका हुन् ।

प्रदेश पाँचमा वैशाख १९ गते एकसाथ बाँकेका आज डिस्चार्ज हुने ६० वर्षीय पुरुष र रुपन्देहीका २५ वर्षीय युवामा पहिलो पटक कोरोना देखिएको थियो । बाँकेका जनस्वास्थ्य अधिकृत तथा कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठ केही बेरमा उनीहरूलाई डिस्चार्ज गरिने बताए ।

उनले लोकान्तरसँग भने, ‘हामीलाई असाध्यै खुसी लागेको छ । तीन हप्तामा उहाँहरुलाई निको बनाएर घर पठाउँदा हामी पनि खुसी छौं । उहाँहरुलाई अस्पतालमा बस्दा कुनै पनि लक्षण देखिएन । आज घर गएर दुई हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’

श्रेष्ठले थपे, ‘हामी हुन् लक्ष्यका साथ उपचारमा खटियौं, आज त्यो लक्ष्य पूरा भएको छ । यसमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबै खुसी छौं ।’

योसँगै प्रदेश पाँचमा कोरोना निको हुनेको संख्या २२ पुगेको छ । रुपन्देहीको कोटहीमाईका पहिलो संक्रमित युवा एक हप्ता अगाडि कोरोना जितेर घर फर्किसकेका छन । प्रदेश पाँच कोरोनाको इपिसेन्टर बन्न पुगेको छ । सबैभन्दा धेरै बाँके जिल्लामै कोरोना संक्रमित छन । त्यहाँ ९१ जना कोरोनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँको नरैनापुर गाउँपालिकाका सबैभन्दा धेरै संक्रमित छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले यति धेरै संख्यामा निको भएर घर फर्किएपछि कोरोनासँग डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘कोरोना भाइरसँग लड्न सकिन्छ । आफूले आफूलाई सुरक्षित राखौं आत्मबल बढाएर बसे कोरोनालाई सजिलै जित्न सकिन्छ ।’

कक्षपतिले उनीहरुलाई केही समयभित्रै डिस्चार्ज गरी घर पठाइने लोकान्तरलाई जानकारी दिए । आइसोलेसन सेन्टर बाँकेमा ४१ जना, लायन्स अस्पताल खजुरामा २२ जना पनि उपचाररत छन् ।

प्रदेश पाँचका ७ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भने दुई जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुरका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीया शिक्षकको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । भने संक्रमण ४ सय ८७ पुगेको छ । सबैभन्दा बढी कोरोना प्रदेश पाँच र प्रदेश दुईमा संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्