२७ जेठ २०८३, बुधबार

गर्भवती महिलालाई लिएर गएको एम्बुलेन्सलाई बाघहरूले घेरे, त्यहीँ जन्मियो बच्चा

जेठ ९, २०७७
गर्भवती महिलालाई लिएर गएको एम्बुलेन्सलाई बाघहरूले घेरे, त्यहीँ जन्मियो बच्चा

भारतको गुजरातमा एक गर्भवती महिलालाई लिएर अस्पताल गएको एम्बुलेन्सलाई बाघहरूले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चा जन्माएकी छन् । 

यो अनौठो घटना भाका गाउँमा भएको हो । बाघहरू आफैं हटेपछि महिलालाई अस्पताल लगियो । बच्चा र आमा दुवै स्वस्थ छन् । 

बुधवार रागि साढे १० बज्तिर भाका गाउँकी अफसाना सबरिश रफीकलाई बेथा लाग्यो । पीडाले छटपटाएपछि परिवारका मासनसले तत्कालै फोन गरेर एम्बुलेन्स बोलाए । एम्बुलेन्सले उनलाई राखेर जाँदै गर्दा उना नजिक बाटोमा चार सिंहले बाटो छेके । 

सिंहको झुण्डलाई हटाउने साहस कसैले पनि गरेन । तर एम्बुलेन्समै रहेका स्वास्थ्यकर्मीहरू जगदीश मकवाना र भरत अहीरले महिलालाई भित्रै डेलिभरी गराए । 
महिलाले छोरी जन्माइन् । 

बच्ची जन्मिउन्जेल चारै बाघ त्यहीँ गाडी नजिक घुमिरहे । बच्ची जन्मिएको २० मिनेटपछि बाघहरूले बाटो छोडे । अनि तत्कालै महिला र शिशुलाई अस्पताल लगियो । 
 

salt training

कमेन्ट गर्नुहोस्