०४ साउन २०८३, सोमबार

न्युजील्यान्डकी प्रधानमन्त्रीले गरिन् हप्ताको चार दिन मात्र काम गर्ने प्रस्ताव

जेठ ९, २०७७
न्युजील्यान्डकी प्रधानमन्त्रीले गरिन् हप्ताको चार दिन मात्र काम गर्ने प्रस्ताव

हप्ताको चार दिन मात्र काम गर्दा जीवन र कामबीच सन्तुलन मिलाउन सकिन्छ भन्ने केहीको मत छ । यस मतलाई न्युजील्यान्डकी प्रधानमन्त्रीले पनि समर्थन गरेकी छन् । 

उनले कोरोनाभाइरस महाव्याधिले थिलथिलो पारेको अर्थतन्त्रलाई उकास्न यो अवधारणाले सहायता गर्न सक्ने बताएकी छन् । 

यसै हप्ताको शुरूतिर फेसबूक लाइभ गरेर प्रधानमन्त्री जासिन्डा आर्डर्नले देशमा आन्तरिक पर्यटनको पुनरुद्धार गर्ने उपायको चर्चाका क्रममा यो विषय उठाएकी हुन् । विगत केही महिनायता कोरोनाभाइरस संकटका कारण

संसारभरिका मानिस लकडाउनमा बस्न बाध्य भएका छन् र यात्राहरू ठप्प भएका छन् । 

‘मलाई धेरैजनाले हप्ताको चार दिन काम गर्ने सुझाव दिएका छन् । त्यो रोजगारदाता र जागिरेबीचको सहमतिमा भर पर्छ,’ उनले भनिन् । 

हप्तामा तीन दिन छुट्टी हुँदा आन्तरिक पर्यटकहरू घुम्न निस्कने सम्भावना रहने आर्डर्नको तर्क छ । न्युजील्यान्डको पर्यटन उद्योगमा ६० प्रतिशत हिस्सा आन्तरिक पर्यटन नै रहेको उनले बताइन् । 

प्रधानमन्त्रीले रोजगारदाताहरूलाई थप लचिलो कार्यस्थल वातावरण बनाउनेतर्फ विचार गर्न प्रोत्साहन गरेकी छन् । थोरै दिन काममा लगाउने अनि काम गर्ने समय चाहिँ बढाउने सम्भव भएसम्म गर्न उनको सुझाव छ । यसले देशभरि पर्यटनलाई बढावा मिल्ने उनको भनाइ छ । 

हालैका दिनमा थुप्रै देशमा हप्ताको चार दिन काम गर्ने अवधारणा लोकप्रिय बन्दै गएको छ । यसले उत्पादकत्व बढाउँछ कि भन्ने विषयमा रोजगारदाताहरूले परीक्षण गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्