
पोखरा–२५, हेम्जा वडा कार्यालयले लकडाउनभर वडा बाहिरबाट आयात गरेको फलफूल बिक्रीमा रोक लगाएको छ ।
वडाध्यक्ष शोभाकर तिम्सिनाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित हुन कार्यालयले त्यस्तो निर्णय गर्नुपरेको बताए ।
यस्तै, वडाले बिहान ६ देखि बिहान १० बजेसम्म मात्रै खाद्यसामग्री र तरकारीका पसल खोल्न निर्देशन दिएको छ ।
ती बाहेक अन्य पसल खोल्न पाइने छैन । वडा प्रवेशको मुख्य नाका याम्दी र फेदीमा निगरानी बढाइएको वडा सदस्य लक्ष्मी अधिकारीले बताइन् ।