२० असार २०८३, शनिबार

टुगेदर फर नेपालको दुईदिने कार्यशाला सम्पन्न

कात्तिक २०, २०७४
टुगेदर फर नेपालको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं, १३ वैशाख –टुगेदर फर नेपाल संस्थाको आयोजनामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राजधानीको ठमेलस्थित गा हलमा भएको गोष्ठीमा फित्थ केएम, ड्रिम्स, वि डिचभलट एन्ड स्टानड आउट, विकम अ पिपुल पर्सन, लिभ अ लिगसीले चार वटा विषयमा सहजीकरण गरेका थिए ।

युवाहरुमा क्षमता अभिवृद्धि, प्रतिभा उजागर, लक्ष्य निर्धारण, समयको सदुपयोग, राष्ट्रप्रतिको दायित्व लगायत जीवनोपयोगी बिषयमा उत्प्रेरणा जगाउने उद्देश्यले गोष्ठी अयोजना गरेको संस्थाका अध्यक्ष सुवासन भट्टराईले बताए ।

कार्यशालाका लागि भारतको हैद्रवादबाट डेभिड किरण थिरुमुर मूख्य प्रशिक्षक रुपमा सहभागी थिए । गोष्ठीमा विद्यार्थी, व्यापारी, शिक्षक, राजनीतिज्ञ, समाजसेवी, विदेशी लगायत विभिन्न क्षेत्रका ६० जनाको सहभागीता थियो ।

संस्थाले गत वर्ष पनि यस्तो गोष्ठी आयोजना गरेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने अध्यक्ष भट्टराईले बताए ।

संस्थाका सल्लाहकार इटालीका पिरएन्जेलो फेब्रीले नेपाल प्राकृतिक रुपमा सुन्दर भएकाले अथाह सम्भावना रहेकोे बताए । प्राकृतिक जटाहरूसँग मानवीय संवेदना जोडिनु पर्नेमा उनले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्