
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंका ३५ वर्षीय पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुषहरू, २७ वर्षीया महिला, सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३,२६, २६, २८,३३,३५,३५ वर्षीय पुरुषहरू, बाराको करैयामाइ गाउँपालिकाका ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।
यस्तै रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०,२०, २४,२४,२७,३०,३० र ५५ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पाइएको छ । उनीहरूको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा कोरोना परीक्षण गरिएको हो ।
मन्त्रालयका अनुसार चितवनको भरतपुर ६का ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । उनको स्वाव भरतपुर अस्पताल कोभिड १९ प्रयायेगशाला, भरतपुरमा परीक्षण गरिएको थियो ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
