१४ असार २०८३, आइतबार

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

राष्ट्रिय मुस्लिम आयोगले घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ। 

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गरेका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना सङ्क्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गरे।

 ‘लकडाउन’लाई अक्षरशः पालना गर्न उनले आह्वान गरे। रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुउल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुस्लिम समुदायमा रहेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्