२५ असार २०८३, बिहीबार

आरडिटीमा पोजेटिभ, पिसिआरमा नेगेटिभ

आरडिटीमा पोजेटिभ, पिसिआरमा नेगेटिभ
प्रतिकार्यात्मक तस्वीर।

कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।  आरडिटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए।

उनका अनुसार नगरपालिकामा यही जेठ ४, ५ र ६ गते  गरिएको कोरोना परीक्षणमा चार सफाइ मजदूर एव पाँच जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट पोजेटिभ देखिए पनि नमूना परीक्षणका लागि टेकु पठाइएको थियो । रिपोर्ट पोजेटिभ देखिए पनि त्रिभुवन विश्वविद्यालय र राराहिलको क्वारेन्टिनमा राखिएका उनीहरुलाई घर पठाइएको प्रवक्ता रिजालले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्