१४ असार २०८३, आइतबार

हाईलाइफ फुडद्धारा भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरूलाई खाद्य सामाग्री सहयोग

हाईलाइफ फुडद्धारा भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरूलाई खाद्य सामाग्री सहयोग

हाईलाइफ फुड प्रोडक्ट प्रा.लि.ले कोरोना भाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनकालागि आफ्ना उत्पादनहरु वितरण गरेको छ ।

कम्पनिले आफ्नै उधोगबाट उत्पादित चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाध्य सामाग्री सहयोग गर्दै आएको हो । यस क्रममा जेठ ८ गते बुटवल, वडा नंं ४ कान्ति मा.वि.को क्वारेन्टाईनमा रहेका ११० जनाकोलागि मिश्रीत खाधान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ ।

यसबाट उक्त स्कुलमा रहेका व्याक्तिहरुले धेरै राहत अनुभव गर्र्ने विश्वास गर्दै उक्त कम्पनीले यस विषम परिस्थितीमा निकै सह्रानीय काम गरेकोे अध्यक्ष पराजुलीले जानकारी गराए ।

‍त्यस्तै सोही दिन कम्पनिले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाध सामाग्री हस्तान्तरण गरिएको छ र यसअघि पनि सियारी गाउंपालिका वडा नंं. १ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साही मार्फत खाध्य सामाग्री हस्तान्तरण गरिसकेको र कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमीरेले जानकारी गराए । 

उक्त कम्पनीले उत्पादन गर्ने सबै खाधान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादीत वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि हङ्खकङ्ख, मकाउ लगायतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरीकामा पनि निर्यात गर्ने प्रकृयामा रहेको छ ।

यस विषम परिस्थीतीमा पनि कम्पनीले खाधान्न अभाव नहोस भन्ने हेतुले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ भने कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरूको सुरक्षाकालागि कम्पनी स्वयंमले कोभिड–१९ विमा व्यबस्था गरिदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्