
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको छ।
कोरोनाको संकटको बेला कर्मचारी निरन्तर काममा रहेकाले बीमा गरिएको सिटीले विज्ञप्तिमार्फत् जनाएको छ।
‘लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो काम गरिरहेका छन्। तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
कर्मचारीको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ।