२७ असार २०८३, शनिबार

रक्षामन्त्री खाँणको दाबी, जेठ पहिलो साता देउवा प्रधानमन्त्री !

कात्तिक २०, २०७४
रक्षामन्त्री खाँणको दाबी, जेठ पहिलो साता देउवा प्रधानमन्त्री !
काठमाडौं १३ वैशाख - नेपाली काग्रेसका प्रभावशाली नेता एवं रक्षामन्त्री बालकृष्ण खाँणले जेठको पहिलो साता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गरेका छन् । सोही सरकारले नै नयाँ बजेट ल्याउने समेत उनले जिकिर गरे ।

बुधवार रिर्पोटस क्लवमा आयोजित कार्यक्रममा रक्षामन्त्री खाँणले जेठ पहिलो साता देउवाको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । खाँणले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच कतिपय मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गरे ।

देशमा शान्ति कायम, द्वन्द्व व्यवस्थापन र तीनै तहको निर्वाचन गर्नका लागि संविधान संशोधन विधेयक ल्याइएको उनले दावी गरे ।

मन्त्री खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताए । विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै उनले स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्