०९ साउन २०८३, शनिबार

विदेशमा अलपत्र परेकालाई स्वदेश फर्काउन सरकारले तत्काल आदेश जारी गर्ने

विदेशमा अलपत्र परेकालाई स्वदेश फर्काउन सरकारले तत्काल आदेश जारी गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ का कारण अलपत्र परेका नागरिकको उद्धार गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसबारे सरकारले तत्काल आदेश जारी गर्ने उनले बताए ।

सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको बताएका छन् ।

प्रधामनन्त्री ओलीले सीमा पार गर्नुअघि  घर फर्किनेको अनिवार्य परीक्षण नगर्दा महामारी फैलिएको स्वीकारे ।

उनले भारतबाट फर्कीनेहरू परीक्षणविना नै फर्किँदा महामारी फैलिनमा मद्दत पुगेको बताए ।

स्वदेश फर्केकालाई छिटोभन्दा छिटो परीक्षण गराउन पनि उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्