
हङकङको केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।
हङकङमा रहेका नेपालीले अब केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउन सक्नेछन्। र, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७ हजार ५ सय भन्दाबढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यानसका निर्देशक कविता गुरुङले हस्ताक्षर गरे।
सोमबार हङकङबाट नेपाल पठाउने पहिलो रेमिट्यान्स कारोबार नेपालका लागि हङकङका महावाणिज्य दूत कमलप्रसाद भट्टराईले उद्घाट गरे। साथै नेपालमा रेमिट्यान्स पठाउदा १ हप्ताका लागि नि:शुल्क पठाउने व्यवस्था गरिएको र यो व्यवस्था ३१ मे २०२० सम्म लागु हुने जारी विज्ञप्तिमा उल्लेख छ।