२८ असार २०८३, आइतबार

मन्त्रीसँग नरैनापुरका जनप्रतिनिधिको गुनासो- काेराेना संक्रमितले थेग्नै नसक्ने हुँदा पनि सुनुवाइ भएन

जेठ १२, २०७७
मन्त्रीसँग नरैनापुरका जनप्रतिनिधिको गुनासो- काेराेना संक्रमितले थेग्नै नसक्ने हुँदा पनि सुनुवाइ भएन
प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बराल।

 प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँके नरैनापुरको क्वारेन्टाइनलाई व्यवस्थित बनाइने र स्वास्थ्य सेवाको अवस्थामा सुधार गरिने बताएका छन्।

संवाद समूहले सोमबार गरेको भर्चुअल बैठकमा मन्त्री बरालले नरैनापुरका नागरिकले अनुभूति हुने गरी स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाइने प्रतिबद्धता जनाए। 

भर्चुअल बैठकमा मन्त्री बरालले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुन सक्ने बताउँदै प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको बताए।

भर्चुअल छलफलमा सहभागी बाँकेको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुरलगायतको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि सबै तहका सरकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाइ नभएको गुनासो गरे। उनले आइसोलेशनसहितको सामुदायिक अस्पताल सञ्चालन, क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य विज्ञसहितको टोली परिचालनको आवश्यकता तत्काल पूरा गर्नुपर्ने माग राखे। 

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद शाह, सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले भाग लिएका थिए।  स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट संक्रमित १४६ मध्ये ११३ जना नरैनापुर क्षेत्रका मात्र छन् भने एक जनाको मृत्यु भइसकेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्