२७ असार २०८३, शनिबार

किट सकिएपछि भक्तपुरमा आरडिटी परीक्षण रोकियो

जेठ १२, २०७७
किट सकिएपछि भक्तपुरमा आरडिटी परीक्षण रोकियो
प्रतिकार्यात्मक तस्वीर।

भक्तपुर अस्पतालमा किट सकिएपछि सोमबारदेखि आरडिटी परीक्षण रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्। 

अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ। सोमबार दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जानकारी दिइन्। अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको  ।

त्यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

भक्तपुर नपाले शुरुमा गरेको आरडिटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए। भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो।

उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको उनले जानकारी दिए। भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्